इलाम,२५ जेठ । विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राई रहेका छन् । विषालु च्याउ खाएर बिरामी भएका उनिहरूकाे उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए । बिरामी ३५ वर्षीय वीरमान र उनकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।