Share this News on Social Networking Pages

दाङ,१७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । पुर्वनिर्धारित समय अनुसार दिउसो ३ बजेसम्म २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनीका सबै ८३ प्रदेशसभा सदस्यले मतदान गरे ।

उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए । तीन जनाले मतदान गरेनन् ।

मतदान सम्पन्न भएसँगै दिउँसो ३.३० बवेदेखि मतगणना सुरु भएको छ ।
मततदान नगर्नेमा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित धवलशमशेर राणा, गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपाका बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह रहेका छन् ।

तीन जनामध्ये राप्रपाका धवलसमसेर राणाले मतदान बहिस्कार गरेका हुन भने अन्य दुई जना बिरामी भएर उपचाररत रहेकोले उपस्थित हुन नसकेको जनाइएको छ ।
निर्वाचनमा नेकपा एमालेकाे तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।