Share this News on Social Networking Pages

काठमाडौं,१७ जेठ । आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

निरन्तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश-१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।

आउँदो तीन दिनसम्म नै मौसम बद्ली रहने मौसमविद् शाक्यले बताइन् । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।