धनगढी,१३ जेठ । कोरोना भाइरस संक्रमित सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलाली निवासी उनको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो ।
एक हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएका पुर्व प्रदेश प्रमुख मल्लकाे काठमाडौँमा उपचारका क्रममा हिजो राति ११ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनमा निमोनिया र मुटुसम्बन्धी समस्या समेत रहेको जनाइएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उनी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए । शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।
त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले मल्लसहित सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो ।







