सुर्खेत,४ वैशाख ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सभा सदस्यहरु अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो ।
उनिहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहेकोले प्रदेश कमिटीले नै कारबाही गरेको एमाले संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।
प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको कँडेलले बताए ।
चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।
ज्वालासहित चार प्रदेश सभा सदस्यले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।