Share this News on Social Networking Pages

सिन्धुली,३ चैत ।
सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

जिल्लाको कमलामाई नगरपालिका ७ को बाँसकटेरीमा बा १७ च १११७ नम्बरको जीप मंगलवार दिउँसो दुर्घटना भएको हो । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।