Share this News on Social Networking Pages

विराटनगर, ९ फागुन ।
ट्रकको ठक्करबाट मोरङको उर्लाबारीमा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

शनिबार बेलुकी साढे ७ बजे को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ क १० ३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।