बिराटनगर,३ फागुन ।
प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाली कांग्रेस र नेकपाको प्रचण्ड नेपाल पक्षले बहिष्कार गरेका छन् ।
मुख्यमन्त्री कार्यालय विराटनगरमा सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षका सांसद तथा प्रदेशका नेताहरुले बहिस्कार गरेका हुन् ।
मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु, राई पक्षका केही सांसद र सरकारी कर्मचारीहरु कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । निमन्त्रणा आए पनि पार्टीको आन्दोलनको कार्यक्रमसँग समय जुधेकाले सहभागी हुन नपाएको कांग्रेसका नेताहरुको भनाई छ ।