विराटनगर,२५ माघ ।
प्रदेश १ को प्रदेशसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ ।
आइतबार अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मुख्यमन्त्री शेरधन राई पक्षधर सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख भण्डारीले पटक÷पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक स्थगित भएको घोषणा गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो ।
सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन पाएन ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश हुन नदिन सत्तारुढ दलकै सांसदहरुले संसद अवरुद्ध गरेको विपक्षी दलका सांसदहरुको आरोप छ ।
अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।