Share this News on Social Networking Pages

कञ्चनपुर,२५ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुर्वास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाण्डौ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्ट रहेका छन् ।

उनिहरुलाई शनिबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद प्रहरीले गरेको छ ।

पक्राउ परेकाहरुबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट बरामद गरिएको र घटनाबारे आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।