बुटवल,२६ कार्तिक ।
देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेकाे आराेपमा रूपन्देहीको लुम्बिनीबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० को चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ बस्ने वर्ष २१ को प्राप्ती बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।