कास्की,२६ कार्तिक ।
कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी जीएमसी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा पोखरा–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।






