अर्घाखाँची,५ कार्तिक ।
अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका २, भूमिकास्थानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोरा रहेका छन् । मृतक छोराको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






