बुटवल,२७ असाेज ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनबाट पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडे ७३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् ।

यसैगरी,सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) ६६६ मतसहित निर्वाचित भएकी छन् । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्य खुल्ला तर्फ सुनिता गिरी,उमेश अमात्य,बिजय कुमार बर्णवाल,विष्णु घिमिरे पन्थ (कमला),विष्णुप्रसाद उपाध्याय,गाेपाल प्रसाद बस्याल,सुनिता अर्याल,महिला सदस्य तर्फ मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ,
बाणिज्य तर्फ गणेश प्रसाद भट्टराई र रामबहादुर भण्डारी तथा उद्योग सदस्य तर्फ गाेपाल टण्डन,ज्ञानबहादुर पुन,लेखनाथ भण्डारी र सुनिता शर्मा बञ्जाडे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उद्योग र वाणिज्य क्षेत्रका विभिन्न पदमा पनि उम्मेदवारहरू निर्वाचित भएका छन् । सदस्यतर्फ खुला, महिला, उद्योग तथा वाणिज्य समूहबाट विभिन्न उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।