काठमाडौँ,२७ असाेज ।
नेपाली कांग्रेसको खुला दुई केन्द्रीय सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, खतिवडा दुई हजार ९१९ र सिवाकोटी दुई हजार १७२ मत प्राप्त गरेर सहमहामन्त्री निर्वाचित भएका हुन् ।

खुलातर्फका अन्य उम्मेदवारमध्ये अमृतकुमार अर्यालले ९२१, देवेन्द्रराज कँडेलले १ हजार ३८१, डिल्लीराम सुवेदीले १ हजार ८५२,विकास कोइरालाले १ हजार १४४, विमलराज क्षेत्रीले २८३, रमेशप्रसाद धमलाले ७८० र राजीव ढुंगानाले १ हजार २३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै,महिला केन्द्रीय सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन् । महिला सहमहामन्त्रीतर्फ गौतम ५ हजार ११६ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

कांग्रे‍सकाे १५ औँ महाधिवेशनअन्तर्गत महिला र खुलातर्फको मतपरिणामअनुसार प्रतिमा गौतम महिला सहमहामन्त्री तथा अजयबाबु शिवाकोटी र रामहरि खतिवडा खुला सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

महिला सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमकी प्रतिस्पर्धी नानु मैया बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी छन् ।