बुटवल,२६ असाेज ।
आइतबारदेखि रूपन्देहीमा सुरु भएको राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेला साेमबार दाेस्राे दिन पनि जारी रहेको छ ।
रूपन्देहीको तिलाेत्तमा स्थित कबिराज भवनमा जारी राष्ट्रिय भेलाको बन्द सत्रमा पार्टीका महासचिव टाेप अस्लामीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव चेत बहादुर आलेले जानकारी दिए ।
बन्द सत्रमा महासचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम सकिएर प्रदेश र जिल्ला अध्यक्षहरूले आ आफ्नो प्रदेश र जिल्लाकाे रिपोर्टिङ गर्ने क्रम जारी रहेको प्रवक्ता आलेले बताए ।
तीन दिनसम्म चल्ने राष्ट्रिय भेलामा मंगलबार पार्टीका अध्यक्ष केशव सुर्यवंशीले संगठनकाे आगामी नीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।
राष्ट्रिय भेलाकाे आइतबार रूपन्देहीको भैरहवा स्थित महेन्द्र सभागृहमा पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशीले उद्घाटन गरेका थिए ।






