दाङ,२१ असाेज ।
दाङको तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गैरापातु झोलुंगे पुलस्थित सडकमा लु. प्र. ०२-००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा पप्पु नेपालीका छोरा दुई वर्षीय आयन नेपाली घाइते भएका थिए ।

उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका-२, खलंगा घर भएका पप्पु हाल दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवामा डेरामा बस्दै आएका छन् ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।