बुटवल,२२ भदौ ।
रसुवाको भोटेकोसीमा गएको बाढीमा परी दिवंगत भएकाहरूको स्मरणमा बुद्ध सामुदायिक टेलिभिजनले दीप प्रज्वलन गरेको छ ।
भोटेकोसीमा आएको बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै कार्यक्रममा दिवंगत आत्माको शान्तिको कामना गरिएको हो। साथै, विपद्का कारण शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममार्फत विपद्का घटनामा ज्यान गुमाएका व्यक्तिहरूको स्मरण गर्नुका साथै मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरिएको टेलिभिजनका अध्यक्ष झपट बहादुर गुरुङं जेबिले बताए ।
कार्यक्रममा टेलिभिजनका पदाधीकारी,बोर्ड सदस्य, सल्लाहकार, कर्मचारी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । उपस्थित सबैले केही समय मौनधारण गर्दै बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
भोटेकोसी बाढीमा परी दिवंगत भएकाहरूको स्मरणमा गरिएको दीप प्रज्वलनले विपद्को पीडामा रहेका परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरिएको सचिव डोलराज बस्यालले बताए ।






