बुटवल,२१ भदौ ।
आदिवासी जनजातिहरू एकजुट नहुँदा अधिकारबाट बन्चित हुनुपरेको जनजाति अगुवाहरूले बताएका छन् ।

आइतबार बुटवलमा आयोजित नेपाल आदिवासीजनजाति महासंघ बुटवल उपमहानगर समन्वय परिषदकाे तेस्रो अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै उनिहरूले उक्त कुरा बताएका हुन् ।

नेपाल आदिवासीजनजाति महासंघ बुटवल उपमहानगर समितिका अध्यक्ष अध्यक्ष अरूण कुमार श्रेष्ठकाे सभापतित्व र आदिवासीजनजाति महासंघ रूपन्देहीका अध्यक्ष आशमाया गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका रूपन्देहीका उपाध्यक्ष अरूणा श्रेष्ठ,प्रेस सल्लाहकार सनु थापा,महासंघ बुटवलका उपाध्यक्ष ध्यान बहादुर राई,सचिव शम्भु माेक्तानलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भए गरेका काम कारबाही बारेकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।