बुटवल,२९ बैशाख ।
रुपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र पेश गरेका छन् ।
मंगलबार भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीका अध्यक्ष खड्क बहादुर पौडेलको नेतृत्वमा गएको टोलीले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।
संघीय सरकारले सञ्चालन गरेको डोजर आतंकले भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निद्रा हरण गरेको भन्दै डोजर आतंक बन्द गर्न माग गरे ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खेलराज पाण्डेयले विकल्प बिना भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउन नहुने कुरामा आफुहरु स्पष्ट रहेको भन्दै बुटवलका १० हजार बढी भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाण पुर्जा बितरणको तयारीमा रहेकोले बर्तमान सरकारले उनिहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिनुपर्ने बताए ।





