सय दिन पुगेपछि मात्रै सरकार बारे धारणा सार्वजनिक गर्ने
बुटवल,२३ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव बहादुर थापा सुर्यवंशीले पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको १०१ दिनपछि मात्रै सरकार बारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

३६ औं स्थापना दिवसकाे अवसरमा पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा आज नवलपरासीको बर्दघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष सुर्यवंशीले पार्टीले सरकारका गतिविधिमाथि सुक्ष्म ढंगले नियालिरहेकाे भन्दै सरकार गठन भएको एक सय दिन पुरा भएपछिसरकार बारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् । बताएका छन् ।

भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी हटाउने कार्यमा सरकारमा परिपक्वता नदेखिएको भन्दै उनलेे कम क्षतिमा धेरै उपलब्धि हाशील गर्नेगरि काम गर्न सरकारलाई सुझाव दिए ।

भ्रष्टाचार नियन्त्रण नभएर निर्मूल गर्नुपर्ने पार्टीको मुख्य एजेन्डा रहेको बताउदै अध्यक्ष सुर्यवंशीले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्नेमा जाेड दिए ।

स्थापना दिवसको अवसरमा पार्टीले आज सातै प्रदेशमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै पार्टीको केन्द्रीय समिति बैठक अब घुम्ती रूपमा ग्रामीण इलाका केन्द्रित रहने उल्लेख गरे ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रदेश सचिव चित्र प्रसाद गुरूङकाे सहजिकरणमा भएको थियो ।

यसैबीच पार्टीले आजै नवलपरासीको बर्दघाटमा प्रदेश स्तरीय स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष सुर्यवंशी,उपाध्यक्ष डाक्टर हाजि हसन महमद,हाेमाया गुरूङ,महासचिव टाेप अस्लामी,पार्टीका उपमहासचिव तथा संगठन विभाग प्रमुख डव गर्बुजालगायका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् प्रदेश समितिका पदाधिकारी,जिल्ला अध्यक्ष लगायतका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियोे ।