बुटवल,१४ वैशाख ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गरी नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको जनाएको हो ।
सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने छ । लुम्बिनी प्रदेश सभा नियमावली,२०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरुकाे जानकारीका लागि सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा जनाइएको छ ।








