नवलपरासी,९ बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आयोजनामा लेनिन जयन्ती एवं पार्टी स्थापना दिवस कार्यक्रम बर्दघाटमा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका पिबिएम एवं ब्युरो इन्चार्ज नरेन्द्र बहादुर थापाले साम्राज्यवादद्वारा निर्मित बर्तमान फासीवादी सरकारको कदमका बिरोधमा लाग्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले वर्गसंघर्षको उठानले मात्र जनताको अधिकार सुनिश्चित गर्ने औल्याए । सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेय, कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरी, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीलगायतले बोल्दै जनजीविकाको विषयमा आन्दोलन उठाउनु आवश्यक रहेको बताए ।

यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आठौ पुर्ण बैठकले निर्वाचन बहिष्कारको समिक्षा गर्दै आगामी योजना समेत पारित गरेको जनाएको छ ।