बुटवल,१६ चैत ।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।
उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।
शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो । शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो ।
शर्मा नेकपा एमालेकाे काेटाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।






