बुटवल,२३ फागुन ।
रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिरा केसीलाई पछाडि पार्दै लम्साल ५७ हजार ३९ मतसहित विजयी भएका हुन् ।
दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका हिरा केसीले १२ हजार ४४७ मत प्राप्त गर्दा राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ र नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन् ।
विजयी उम्मेदवार लम्साललाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरिसकेको छ ।






