मतान्तर ११२ मा झर्यो
पाल्पा,२३ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा क्षेत्र नं.१ मा रामपुर नगरपालिकाकाे मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले मतान्तर घटाउँदै लगेका छन् ।
नेकपा एमालेका नारायण प्रसाद आचार्यले अग्रता लिएकाे साे क्षेत्रमा पछिल्लो समय रानाले मतान्तर घटाउँदै लगेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका आचार्यले १४ हजार ३८७ प्राप्त गर्दा नेपाली काँग्रेसका सन्दिप रानाले १४ हजार २७५ प्राप्त गरेका छन् ।
एमालेका आचार्य र कांग्रेसका रानाको मतान्तर ११२ मात्रै रहेको छ ।
प्रारम्भिक मतपरिणाममा अग्रता लिएका रास्वपाका विमल पन्तले ११ हजार ५०७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हुम सुनारी मगरले ८८९ मत प्राप्त गरेका छन् ।
पाल्पा क्षेत्र नं १ अन्तर्गत हालसम्म माथागढी गाउँपालिका,तानसेन ८,तिनाउ ५,निस्दी गाउँपालिका,रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका वडा नं १,२,३ र ४ लगायतको मतगणना सकिएकाे छ ।






