बुटवल,२३ फागुन ।
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् ।

त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।