बुटवल,१४ माघ ।
देश चुनावमा हाेमिएका बेला पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव जनकपुरका मठ मन्दिरमा दर्शन गर्नुका साथै नागरिक भेटघाटमा ब्यस्त रहेका छन् ।
आइतबार अपरान्ह जनकपुर पुगेका पुर्व राजा ज्ञानेन्द्र साेमबार जानकी मन्दिरको दर्शन गरे भने मंगलबार जनकपुर हस्पिटल राेडमा अवस्थित प्रसिद्ध श्री संकट माेचन मन्दिरमा पुगेर भगवान श्री हनुमानकाे दर्शन एवम् पूजाअर्चना गरेका छन् ।
जनकपुरलाई मुकाम बनाएर त्यस क्षेत्रका मठ मन्दिरको दर्शन तथा राजावादी अगुवा एवम् नागरिक भेटघाटको कार्यक्रम बनाएर जनकपुर पुगेका पुर्व राजा ज्ञानेन्द्रलाई जनकपुरवासीले फुलमालाले स्वागत गरेको राज परिवारकाे सचिवालयले जनाएको छ ।
त्यस क्रममा राजवादीहरूले राजा आउ देश बचाउकाे नारा समेत लगाएका थिए ।
जनकपुरमा पुर्व राजा ज्ञानेन्द्रलाई भब्य स्वागत गरे पनि त्यस बारे संचार माध्यमहरूले स्थान नदिएकोमा राज परिवार तथा राजावादीहरू आश्चर्यमा परेको बताइएको छ ।








