वीरगन्ज,२१ पुस ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार वीरगन्ज महानगरपालिकाका उल्लेखित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्युको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्कुनुपर्ने भएमा जिकको सुरक्षाकर्मीसँग समन्वय गरि निस्किन आग्रह गरिएको छ ।
कर्फ्यु आदेशको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन संचालनका लागि सुरक्षाकर्मीहरुले सहजीकरण गर्ने सुचनामा जनाइएको छ ।






