काठमाडौँ,२१ मंसिर ।
दार्चुला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ८:२८ मिनेटमा भूकम्प गएको हो ।

दार्चुला जिल्लाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको उनले जानकारी दिए ।

वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार यो त्यति ठूलो भूकम्प नभएकाले सामान्यतया क्षति हुने सम्भावना हुँदैन ।

५ म्याग्निच्युडभन्दा तलका भूकम्पबाट ठूलो क्षति नहुने भन्दै उनले आजको भूकम्पबाट पनि क्षति नहुनुपर्ने बताए ।