बारा,३ मंसिर ।
जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा नेकपा एमाले समर्थित युवा र जेनजी युवा समुहबीच झडपका कारण स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न राेक लगाएको छ ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आउन लागेका हुन् ।

उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन् ।

सिमरा एयरपोर्टमा जेनजीले विरोध प्रदर्शन गर्ने क्रममा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो ।

त्यस क्रममा प्रहरी र जेनजी युवाबीच झडप समेत भएको थियो ।

झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

हेर्नुहोस् कर्फ्यू आदेश :