धनुषा,२८ कार्तिक ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ । उनीमाथि शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको नगर प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

गाेली लागेर गम्भीर घाइते भएका यादवलाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यादव स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए । घटना बारे आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।