रुपन्देही,२३ कार्तिक ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ । शनिवार रुपन्देहीको सैनामैनास्थित पर्रोहामा आयोजित पार्टीको पाँच नम्बर ब्युरोको प्रशिक्षणात्मक बैठकमा नेताहरुले बर्तमान अवस्थामा मुलुकलाई सहि निकास दिन स्वाधीन संयुक्त सरकार आवश्यक रहेकोमा जाेड दिएका हुन् ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेल, नेता प्रेम सुबेदी, ५ नम्बर ब्युरो सचिव जितामित्र सुनारलगायतले जेनजी आन्दोलनपछि मुलुकको राष्ट्रियता थप संकटमा परेको भन्दै राष्ट्रिय स्वाधीनताकाे रक्षा र मुलुकको समृद्धिका लागि स्वाधीन संयुक्त सरकार गठन गर्नुको विकल्प नभएको बताएका थिए ।
सो अवसरमा नवलपरासी सहित पार्टीका ६ वटा जिल्लाको गतिविधि बारे रिर्पाेटिङ गर्नुका साथै जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रम तथा पार्टीको आगामी कार्यभार बारे नेताहरूले आ आफ्नो धारणा राखेका थिए । बैठकले पार्टी केन्द्रको योजना अनुसार संगठन र संर्घषका योजना समेत बनाइएको ब्युरो सचिव सुनारले जानकारी दिए ।






