सर्लाही,१५ असोज ।
सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुन रहेका छन् ।
उनिहरूको हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।
ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि
अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।







