रुकुम पश्चिम,३० साउन ।
पहिरोका कारण रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
शुक्रवार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
अवरुद्घ सडक खुलाउन समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।









