बुटवल,३० असार ।
मुलुककाे आर्थिक विकास र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको सराेकारवालाहरूले बताएका छन् ।
बुटवलको सुख्खा नगरमा संचालित द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाकाे रजत जयन्तीकाे अवसरमा आयोजित कार्यक्रममा बाेल्दै सहकारी अभियान्ताहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा सहकारी विज्ञ तथा बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले सहकारीको अनुगमन तथा निरिक्षण गर्ने अधिकार स्वयम शेयर सदस्यमा हुने हुनाले सहकारीका सिद्धान्त,ऐन नियम विनियमहरुका वारेमा शेयर सदस्यहरु जानकार हुन जरुरी रहेको बताए ।
सहकारीमा सदस्य हुनु भनेको त्यो सहकारीको मालिक नै हुनु हो भन्दै उनलेे सेयर सदस्यहरुले आफ्नो सहकारीको लगानी असुली बचत रकमका वारेमा जानकारी राख्न सकेमा त्यस्ता सहकारीहरु विग्रनवाट जाेगिनसक्ने हुनाले त्यसतर्फ जिम्मेवार हुन आग्रह गरे ।
सहकारीहरुको नियमन गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएकोले अब सोवाटै नियमन हुने हुनाले अगामी दिनमा सहकारीमा हुने वेथितीको केही हदसम्म नियन्त्रण हुने विश्वास ब्यक्त गरे ।
सो अबसरमा सहकारीले सहकारीका शेयर सदस्यहरुलाई सहकारी प्राधिकरण ऐन तथा सहकारी अभियानका वारेमा अभिमुखिकरण गरेको थियो ।
सहकारी विज्ञ तथा बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा द्यौलागिरी सहकारीका संस्थापक तथा तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खांणले मुलुकमा आर्थिक विकास र गरिबी निवारणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । नगर प्रमुख खांणले सहकारीकै कारण गरीबी घटेकोले सहकारीलाई दीगो र विश्वसनिय बनाउनका लागि शेयर सदस्यहरुले सहकारीका मुल्यमान्यता ,सिद्धान्तका वारेमा बुझन जरुरी रहेकोमा जाेड दिए ।
द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द खनालको सभापतित्वमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्मा ,सहकारीका सल्लाहकार टंक पराजुली, नारायण अधिकारी, राधेश्याम राजभण्डारी,सहकारी अभियान्ताहरु रामराज पोखरेल, अर्जुन रानाभाट, माया गौतम, टंक गैरे ,प्रेम बहादुर खड्का, बसन्त ढकाल ,भिम तुलाचन, विमलराज भट्रराई सहकारीका उपाध्यक्ष देव खनाल, सचिव ठाकुर घिमिरे लगायतले सहकारीका मुल्यमान्यता,आवश्यकता र औचित्य वारेमा आ आफ्नो भनाइ राखेका थिए । सो अबसरमा एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने शेयरसदस्यका १४ जना छोरा छोरीहरुलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।








