बुटवल,२९ असार ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका नयाँमिलमा नेपालकाे सबैभन्दा ठूलो चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।

चार्जिङ स्टेसनकाे आइतबार एक कार्यक्रमकाबीच तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले शुभारम्भ गरेका हुन् ।
शशिला माेटर्सले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनमा
एकैपटक १४ वटा बिद्युतीय गाडी चार्ज गर्ने क्षमता रहेको छ ।
आइतबारै रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरमा बिद्युतीय गाडीको साेरूम समेत सञ्चालनमा ल्याएको छ । साेरूमकाे पनि तिलाेत्तमाका नगर प्रमुख खाँडलेनै उद्घाटन गरेका हुन् ।
साे अवसरमा नगर प्रमुख खाँडले बिद्युतकाे खपत बढाउने र पेट्रोलियम पदार्थको आयातमा कमि ल्याई ब्यापार घाटा न्युनिकरण गर्न बिद्युतीय गाडीको प्रयोग बढाउन जरुरी रहेको बताए ।
स्वदेशमै उत्पादन भएको बिद्युतकाे खपत बढाई आयात प्रतिस्थापन गर्ने सरकारकाे नीति रहेको भन्दै उनलेे बिद्युतीय गाडीको प्रयोगलाई प्राेत्साहन गर्ने उदेश्यले राज्यले बिद्युतीय गाडीको आयातमा छुट सुविधा उपलब्ध गराएको उल्लेख गरे ।
कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रा लि का अध्यक्ष दधिराम खरेल गाडी आयातमा छुट दिने तर पार्ट पुर्जामा भन्सार बढी लाग्दा समस्या हुने गरेको भन्दै सहजरूपमा पार्ट पुर्जा उपलब्ध गराउनेतर्फ ध्यान जानुपर्नेमा जाेड दिए ।
नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय बुटवलका सहायक प्रवन्धक रामप्रसाद ज्ञवालीले बिद्युत बितरण प्रणालीमा व्यापक सुधार जरुरी रहेको बताए ।
उनलेे निजी भन्दा पनि सार्वजनिक सवारीसाधन विद्युतीय गाडी प्रयोगमा ल्याउन सके पेट्रोलियम पदार्थको आपूर्तिमा कमि आइ बिदेशी मुद्रा सञ्चिति हुनुका साथै कार्वन उत्सर्जनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
शशिला माेटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा शशिला माेटर्सका प्रवन्धक
अशोक राज सुवेदी,पत्रकार महासंघ रूपन्देही अध्यक्ष दिनेश पाण्डे,यातायात ब्यवसायी बाबुराम खरेललगायतले नेपालमा बिद्युतीय गाडीको उपयोगीता बारे आ आफ्नो भनाइ राखेका थिए ।
बिगत १० बर्षदेखि विभिन्न ब्रान्डका गाडको बिक्रीवितरण गर्दै आएको शशिला माेटर्सले पछिल्लो १५ महिनादेखि इभि गाडीको बिक्रीवितरण सुरु गरेको प्रवन्ध निर्देशक खतिवडाले बताए ।
१५ महिनाकाे अबधिमा देशभर ४ सय बिद्युतीय गाडी बिक्रीवितरण भइसकेको जानकारी गराउदै उनलेे ब्यापार मात्रै नभएर आफुहरूले सेवा भावले उपभोक्ताकाे हितलाई ध्यान दिएर काम गर्ने प्रतिवद्वता ब्यक्त गरे ।






