बुटवल,२९ असार ।
सुख्खा पहिराेका कारण कालिगण्डकी करिडोर पुर्ण रूपमा अवरुद्ध भएको छ ।
गुल्मी जिल्लाकाे कालिगण्डकी गाउपालिका वडा नं ६ बर्लवामा सुख्खा पहिरो जांदा आज बिहानदेखि कालिगण्डकी करिडोर पुर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कालिगण्डकी करिडोर अन्तर्गत गुल्मी जिल्लाकै कालीगण्डकी गाउपालिका वडा नं १ हर्मिचौर स्थित गरगरेमा सुख्खा पहिरो खसेर गयराती करिब १० बजेदेखि सडक पुर्ण रूपमा अवरुद्ध भएको थियो ।








