परासी,२८ असार ।
नवलपरासी पश्चिमकाे सुस्तास्थित गण्डक नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दघाट नगरपालिका –१४ चौपत्ता बस्ने २३ वर्षका सुशान्त न्यौपाने रहेका छन् । उनको सुस्ता गाउँपालिका–२ मा रहेको नहरको फलामे पुल नजिक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तका अनुसार दाजु भाइ मिलेर पौडी खेल्न गएकोमा दाइ सुशान्त न्यौपाने बेपत्ता भएका थिए । शुक्रबार बेपत्ता भएका न्यौपानेको शव शनिबार डुबेको स्थानभन्दा तीन किलो मिटर दक्षिणतर्फ फेला परेकाे हो ।
जिल्लाको सुस्तामै नारायणी नदीमा डुबेर बिहीबार एक बालकको मृत्यु भएको थियो ।






