बुटवल,२५ असार ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बर्षाका कारण सडक भासिएर अवरुद्ध भएको बुटवल-नारायणघाट सडक मर्मत गरेपछि बिहान १०.४५ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
गयरातीको बर्षाको कारण दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग बग्नगई पूर्ण अवरुद्ध रहेको सडक भासिएको स्थानमा एकतर्फि बाटो खोली सवारी आवगमन सुचारु गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सडक थप मर्मत कार्य भईरहेको समेत साे कार्यालयले जनाएको छ ।






