बुटवल,१५ असार ।
२२ औं राष्ट्रिय धान दिवस बुटवल उपमहानगरपालिका ले उत्सवकै रूपमा मनाएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १९ मनाेहरापुर स्थित तिर्थ थारूकाे ५ कट्ठामा खेतमा धान राेपेर धान दिवस मनाएको हो ।
दिवसको आइतबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर धान दिवसलाई उत्सवकै रूपमा मनाइएको बताए ।
जबसम्म कृषि र उत्पादनलाई प्राथमिकतामा राख्दैनाै तबसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषि र पशुपालनलाई महत्वका साथ बजेट छुट्टयाइएको जानकारी गराए ।
बुटवल उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष चन्द्रसिं थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमख सावित्रा देवी अर्याल ,बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा , वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी,उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्याल,कृषि शाखा प्रमुख साेमन प्रसाद कुर्मीलगायत सयौं कृषक,टोल विकास संस्था,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,कर्मचारीहरूकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा पञ्चेबाजा, मयुर नाचलगायत विभिन्न किसिमका झाँकी समेत प्रदर्शन गरिएको कार्यक्रम संयोजक लक्ष्मी थारूले जानकारी दिइन् ।






