गुल्मी,१४ असार ।
गुल्मीकाे धुर्कोटमा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला बस्ने ४० वर्षीय झबिन्द्र घिमिरे रहेका छन् ।
उनको धुर्कोट गाउँपालिका–७ वाग्ला द्वानेटास्थित विद्युत् पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार, करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । हाइटेन्सन लाइन अन्तर्गत फलामको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






