बुटवल,१४ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान, सडक बती, आकासे पुल लगायतका वारेमा जिज्ञासा राखेका थिए ।वडा वासिले विभिन्न सेवा, सुविधा तथा विकास निर्माणसँग सम्बन्धित सुझाव तथा गुनासा गरेका थिए ।
साे अवसरमा वडाध्यक्षसहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरूले जनताको प्रश्नको जवाफ दिँदै वडाले गरेका काम, भावी योजना तथा उपलब्धिहरूको जानकारी गराएका थिए ।
वडा अध्यक्ष रमेश डुम्रेले वडावासिका सुझाव सल्लाह र वडाका आवश्यकताका आधारमा योजना तर्जुममा गर्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष चेतनारायण भण्डारीले समावेशी रुपमा वजेट र योजना बनाउन सुझाव दिए ।
नेकपा एमाले वडा उपाध्यक्ष केशव राज कोईरालाले राम्राकामको स्वागत र गलत कामको विरोध रहने बताए । विकास निमार्णका काममा ६० । ४० को लागत सहभागिता हटाउनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा उप सभापति मिन प्रसाद अधिकारीले पछिल्लो समयमा जनतामा राजनीतिक जागरण आएको भन्दै जनप्रतिनिधीहरुले जनताका भावना अनुसार काम गर्नुपर्ने सुझाव दिए ।
सहभागिहरुले सार्वजनिक सुनवाइ कार्यक्रम हरेक वर्ष गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा तिलोत्तमा–५ वडाका सबै जनप्रतिनिधी, कर्मचारी, स्थानीयवडावासी, महिला, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता रहेको सदस्य हरि पन्थले बताए ।






