अर्घाखाँची,१३ असार ।
भाइको हत्या गरेको आराेपमा अर्घाखाँचीकाे शितगंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीकाे शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय विष्णुबहादुर बादी रहेका छन् । दाजुभाइ बिच आपसी विवाद हुँदा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेकाे प्रहरीले जनाएको छ । शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुवै जनासँगै बसेर मदिरा सेवन गरेको बेला झगडा भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतलमा लगेकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

भाइलाई बन्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई लुकिछिपी बसेको अवस्थामा नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।