गुल्मी,१३ असार ।
गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका तिन जना बिरामी परेका छन् ।
जिल्लाकाे मुसिकोट नगरपालिका–४ का ७६ बर्षीय थम्मन बहादुर कुमाल, श्रीमती ६८ बर्षीया फुलमाया कुमाल र बुहारी ३६ बर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
बिहिवार बिहान स्थानीय जंगलबाट ल्याएको च्याउ तिन जनाले खाएपछि रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर, पहिलेनै खाना खाएर विद्यालय गएकाले जोगिएको उपचारमासंगै रहेका छोरा कमल कुमालले बताए । उनिहरूकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
थम्मन दम्पतीको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको जनाइएको छ ।








