बुटवल,११ असार ।
इरानबाट उद्वार गरि सकुशल घर फर्केका दुई बुटवलबासीसँग खुसी साट्न बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय उनिहरूकै घरमा पुगेका छन् ।

भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीसँग खुसी साट्न नगर प्रमुख पाण्डेय उनिहरूकै घरमा पुगेका हुन् ।

इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भेट्न नगर प्रमुख पाण्डेय बुधबार अपरान्ह उनिहरूकै घर पुगेका थिए ।

इरानबाट भारत हुँदै बेलहिया सीमानाकाबाट बुटवल आइपुगेका पोखरेल र गैरेलाई घरमा पुगेर भेटघाट गरेको नगर प्रमुख पाण्डेले बताए । बुटवल-१२ पोखरेल र बुटवल-१३ का गैरे आजै अपरान्ह बेलहिया हुँदै आफ्नो घर आइपुगेका हुन् ।

भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट सकुसल आफ्नो घर आईपुगेको बताए । नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताए ।

नगरवासीकाे सुखदुःख मा साथ दिने भनकै स्थानीय सरकार भएकोले जनताको नजिकको सरकारकाे जिम्मेवारी र दायित्व निर्वाह गर्न आफू उनिहरूकाे घरमै पुगेको नगर प्रमुख पाण्डेयकाे भनाइ छ ।