बुटवल,४ असार ।
रुपन्देहीको भैरहवा स्थित एक स्वीमिङ पुलमा डुबेर एक भारतीय किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित पार्कमा रहेको
स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका उनलाई उपचारका लागि भिम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।






