यसअघि शुक्रबार नाै जनामा संक्रमण पुष्टि

बैतडी, २४ जेठ ।
सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा
कोरोना भाइरस संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूष रहेका छन् । त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले बताए ।

उनले भने, ‘शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ, संक्रमितहरूलाई ‘होम आइसोलेसनमा’ बस्न भनिएको छ ।’ यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणका कारण महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, प्रयोगशाला र अस्पताल तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।