बुटवल,१६ जेठ ।
बुटवल उपमहानगरपालिकाबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीकाे बन्द प्रशिक्षण सम्पन्न भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिकाकाे तर्फबाट सहभागी खेलाडीहरूकाे प्रस्तुति थप ससक्त बनाउने उदेश्यले खेलाडीहरूलाई पाँच दिने बन्द प्रशिक्षणमा राखिएको बुटवल उपमहानगरपालिका नगर खेलकुद समिति संयोजक बाेनिन पियाले जानकारी दिए ।

बुटवलको कालिका मानवज्ञान मावि,न्यु हाेराइजन बाेर्डिङ स्कुल,दिप बाेर्डिङ स्कुल र रूपन्देही जिल्ला खेलकुद विकास समितिकाे प्राङ्गणसहित विधागत रूपमा पाँच स्थानमा खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखिएको संयोजक पियाले बताए ।

विधागत रूपमा छुट्टाछुट्टै स्थानमा भएको बन्द प्रशिक्षणकाे नगर खेलकुद विकास समितिका पदाधिकारी,खेलकुद पत्रकार मञ्चलगायतका पत्रकारहरूकाे टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्ने प्रचलन रहेकाे स्मरण गर्दै उनलेे यसले खेलाडीमा हाैसला प्रदान गर्नुका साथै उपाधि हातपार्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

रूपन्देहीमा भाेली शनिबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदैछ ।