बुटवल,१६ जेठ ।
बुटवल लायन्स आँखा अस्पतालको आयोजनामा जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक रूपन्देहीको तिलाेत्तमामा सम्पन्न भएको छ ।

बुटवल लायन्स आँखा अस्पतालकाे आयोजनामा बुधबार जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईकाे अध्यक्षतामा बसेकाे जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा जिल्ला समन्वय प्रमुख चपाईले आँखा जस्तो संवेदनशील विषयमा सबैले सहकार्य गरी आमनागरिकलाई निशुल्क सेवा प्रदान गर्नुपर्नेमा जाेड दिए ।
उनलेे जिल्ला समन्वय समितिले तीनै तहका सरकारसंग समन्वयको भुमिका खेल्ने प्रतिवद्वता जनाए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले पछिल्लो समयमा मोतियाविन्दुका बिरामीहरुको संख्या बढिरहेकाले सचेत भई स्थानीय सरकारहरुसंग सहकार्य आवश्यक रहेको बताए ।
आँखाको उपचारका लागी उपकरण निकै मह्रगो भएकाले सेवामा समस्या रहेको भन्दै उनलेे स्थानीय सरकारकाे सहयोगको निरन्तरताका लागी आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी कृष्ण प्रसाद खनाल,शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बश्याल, बुटवल लायन्स आँखा अस्पताल ब्यवस्थापन समितिका पुर्व अध्यक्ष लायन अर्जुनमान सैजु, तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल लगायतले बोल्दै संसार देखाउने आँखाका बिरामीहरुमा देखिएका समस्याको समाधानका लागी मानवसेवाको भावनाले सम्पुर्ण हातेमालो गरी सहकार्य आवश्यक रहेको बताए ।
आँखा उपचारका लागी उपकरण निकै महंगो भएको तथा नयां नयां प्रविधिको प्रयोग आवश्यक रहेको तर आर्थिक अभावका कारण विदेशी दाताको सहयोगभन्दा स्थानीय सरकारहरुसगं दिर्घकालिन सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा, शिलु थापाले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा अन्धोपनका बिरामी धेरै रहेको र लुम्बिनी प्रदेशका जिल्लाहरूमध्य पनि रुपन्देही जिल्लामा अन्धोपनका बिरामी धेरै रहेको तथ्यांक प्रस्तुत गरिन्
पछिल्लो समय अन्धाेपनका बिरामीकाे संख्या बढिरहेको भन्दै उनलेे अस्पतालमा माेतियाविन्दुको अप्रेशनको चाप बढेको जानकारी गराइन् ।
उपकरणका लागी करोडौ खर्च हुने भन्दै उनलेे त्यसका बाबजुद पनि अस्पतालले गुणस्तरीय सेवामा प्रदान गर्दै आएको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रतिनिधि,पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखहरु,सामाजिक क्षेत्रका अगुवाहरुको सहभागी रहेको बुटवल लायन्स आँखा अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेले जानकारी दिए ।








